रुकुम पूर्वमा ग्लोबल आइएमई बैंकको २ सय ६७ औं शाखा
ग्लोबल आइएमई बैंकले रुकुम पूर्वमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो २ सय ६७ औं शाखा जिल्लाको अस्थायी सदरमुकाम सिस्ने गाउँपालिका–६, छिप्रिदहमा स्थापना गरेको हो । शाखाले आजबाट सेवा सुरु गरेको छ । अहिले तत्काल पैसा जम्मा गर्ने, निकाल्ने, रेमिन्यान्स र मोबाईल बैंकिङ लगायतका सेवा सुरु गरिएको शाखाका बरिष्ठ सहायक गहेन्द्र बोहराले जानकारी दिनुभयो । कर्जा प्रवाह, एटिएम लगायतका सेवा केहि समयपछि सुरु गर्ने उहाँले बताउनुभयो । नयाँ जिल्ला रुकुम पूर्वमा पछिल्लो समय बैंकको संख्या बढ्दै गएको छ । जिल्लावासीलाई प्रभावकारी बैंकिङ सेवा प्रवाह गर्नु आफुहरुको उदे्श्य रहेको बैंकका शाखा प्रवन्धक बिशाल भट्टले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७ १४:२१
प्रतिक्रिया दिनुहोस्