Kakhara सबैको खबर सम्पूर्ण खबर
हावाहुरी पीडित परिवारलाई वडाध्यक्ष ओलीको सहयोग
हावाहुरीले क्षेती पुर्याएको रत्ना उपाध्यायको घर ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का नवनिर्वाचित अध्यक्ष सुन्दर ओलीले स्थानीयको एक परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । मंगलबार राति आएको हावाहुरीले सोही वडाको ठाकुर टोल निवासी रत्ना उपाध्यायको  घरका दुबै  छाना उडाएर क्षेती पुर्याएको थियो ।  

हावाहुरीका कारण घरमा क्षेती पुगेपछि थोरै भएपनि सहज होस भनेर व्यक्तिगत रुपमा उपाध्यायको परिवारलाई १० हजार आर्थिक सहयोग गरेको वडा  अध्यक्ष  ओलीले बताउनुभयो । वडा अध्यक्ष ओलीले १० हजारको चेक पीडित परिवारलाई दिनुभएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले थप सहयोगका लागि अरु निकायमा पहल गर्ने प्रतिबद्धता पनि वडा अध्यक्ष ओलीले गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update