Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १२ को घोषणाः सुत्केरीलाई ३ हजार, मृगौला, मुटु र क्यान्सर पिडितलाई स्वास्थ्य वीमा 
वडाध्यक्ष धिरन शिर्पाली ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष धिरन शिर्पाली विमर्शले पदभार ग्रहण गुर्नभएको छ । पदभार संगै वडाध्यक्ष शिर्पालीले सुत्केरी सहयोग र स्वास्थ्य वीमा कार्यक्रम घोषणा गर्नुभएको छ । सुत्केरी सहयोग कार्यक्रम अन्तरगत वडाभरमा सुत्केरी हुने महिलालाई सुत्केरी भएको १० दिनभित्र वडाध्यक्षले पाउने सेवा सुविधाबाट ३ हजार नगद उपलब्ध गराईने छ ।

यसबाट सुत्केरीलाई पोषिला खानेकुरा देखि अन्य व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिएको वडाध्यक्ष शिर्पालीले बताउनुभयो । स्वमं अध्यक्षले नै घर घरमा पुगेर नगद हस्तान्तरण गर्ने गरी सोचिएको उहाँको भनाई छ । त्यस्तै स्वास्थ्य वीमा कार्यक्रम अन्तरगत वडाभरमा रहेका मृगौला पिडित, मुटु रोगी र क्यान्सर पिडितको लागि निःशुल्क स्वास्थ्य वीमा गरिने छ । यो पनि वडाध्यक्षले पाउने सेवा सुविधाबाट हुने वडाध्यक्ष शिर्पालीको भनाई छ ।    
 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update