Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका १४ वडामा दोहोरिए वडाध्यक्ष
सानीभेरी गाउँपालिका १ नम्बर अध्यक्षमा दोस्रो कार्यकालका निर्वाचित टेकबहादुर पुन ।

स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते भएको निर्वाचनमा रुकुम पश्चिममा १४ वडामा  वडा अध्यक्ष  दोहोरिएका छन् । उनिहरु दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । रुकुम पश्चिममा  ६ स्थानीय तह  रहेकामा ५ स्थानीय तहमा दोस्रो कार्यकालको लागि वडा अध्यक्ष दोहोेरिएका हुन् ।  

त्रिवेणी गाउँपालिकाले भने सबै वडामा नयाँ वडाध्यक्ष पाएको छ । आठबीसकोट नगरपालिका वडा नम्बर १ मा देवबहादुर घर्ती २ मा देवबहादुर यरी ३ मा केशरमान विक दोहोरिएका छन् । वडा नम्बर १२ मा खुम्मे कुसारी र १४ नम्बर वडा मा हुकुमबहादुर पुन दोस्रो कार्यकालको निर्वाचित हुनुभएको छ ।  तेस्तै चौरजहारी नगरपालिका ३ नम्बर  वडा अध्यक्षमा लालबहादुर बुढा ४ नम्बर वडाध्यक्षमा गोपालबहादुर भण्डारी १२  नम्बर वडाध्यक्षमा टिकाराम ओली दोहोरिनुभएको हो ।

मुसिकोट नगरपालिका वडा नम्बर ४ बाट निर्मलकुमार पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । तेस्तै सानीभेरी गाउँपालिकामा वडा नम्बर १ को अध्यक्षमा टेकबहादुर पुन ७ को अध्यक्षमा कुलबहादुर बुढा र ९ नम्बर वडा अध्यक्षमा शेरबहादुर खड्का अध्यक्षमा दोहोरिनुभएको हो । बाँफिकोट गाउँपालिकामा पनि ६ नम्बर वडाध्यक्षमा मनोजकुमार अधिकारी र वडा नम्बर ७ बाट नरबहादुर खत्री दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ  ।

रुकुम पश्चिममा ६ पालिका ७३ वडा रहेकामा पालिका प्रमुख तथा अध्यक्ष र उप प्रमुख तथा उपाध्यक्षमा नयाँ जनप्रतिनिधि आएका छन् ।  ७३ वडा मध्ये १४ वडामा वडा अध्यक्ष दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन भने ५९ वडामा नयाँ वडाध्यक्ष निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update