Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकाको कुन समितिको संयोजकमा को को चुनिए ?
सिस्ने गाउँ कार्यपालिकाको कार्यालय ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले कार्यपालिका अन्तर्गतका विभिन्न समिति गठन गरेको छ । कार्यपालिकाको दोस्रो बैठकले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत विभिन्न समिति गठन गरेको हो । सर्वसम्मत तवरबाट समितिका संयोजक तथा सदस्य चयन गरिएको उपाध्यक्ष गोपाल रेउलेले जानकारी दिनुभयो । उपाध्यक्ष रेउलेका अनुसार आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।

सुशासन तथा संस्थागत समिति, अनुगमन समिति, लेखा समिति, न्यायिक समिति, विधायन समिति, स्रोत अनुगमन सिमा निर्धारण समिति गठन गरिएको छ । राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति अपांग परिचय पत्र तथा समन्वय समिति र विपद व्यवस्थापन समिति गठन गरिएको छ । गोपाल पुनको संयोजकत्वमा शशिधर बुढा र धनकुमारी बुढाक्षेत्री सदस्य रहेको आर्थिक विकास समिति गठन भएको छ । तिर्था पुन संयोजक, पूर्णबहादुर मल्ल र हेराम खड्का सदस्य रहेको सामाजिक विकास समिति गठन भएको छ । सूर्य नेपाली संयोजक, सपुरी बुढा र विरेन्द्र बस्नेत सदस्य रहेको पूर्वाधार विकास समिति गठन गरिएको छ ।

मिना केसी संयोजक, दलराज घर्ती र थलबहादुर सार्की सदस्य रहेको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । कृष्णबहादुर खड्का संयोजक, रजबहादुर बुढा र तिर्था पुन सदस्य रहेको सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको छ । उपाध्यक्ष गोपाल रेउले संयोजक गोपाल पुन, धनकुमारी बुढा र विषयगत समितिका संयोजक कार्यालय प्रमुख लगायत सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।

दलराज घर्ती संयोजक, मिना केसी र रजबहादुर बुढा सदस्य रहको लेखा समिति चयन गरिएको छ । गोपाल रेउले संयोजक, मिना केसी र थलबहादुर सार्की सदस्य रहेको न्यायिक समिति गठन गरिएको छ । हेराम खड्का संयोजक पूर्णबहादुर मल्ल र सपुरी बुढा सदस्य रहेको विधायन समिति गठन गरिएको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले लगायत सदसय रहेको स्रोत अनुगमन तथा बजेटका सिमा निर्धारण समिति गठन भएको छ । गोपाल रेउले संयोजक र मिना केसी, कृष्णबहादुर खड्का सदस्य रहेको राजश्व परामर्श समिति गठन भएको छ । गोपाल रेउलेकै संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको छ । समितिको सदस्यमा गोपाल पुन, सूर्य नेपाली, मिना केसी, कृष्णबहादुर खड्का, तिर्था पुन सदस्य रहेका छन् ।

गोपाल रेउलेकै संयोजकत्वमा अपांगता परिचय पत्र वितरण समन्वय समिति गठन भएको छ । सदस्यमा गोपाल पुन र तिर्था पुन रहेका छन् । कृष्ण रेग्मीको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन भएको छ । बैठकले कृष्णबहादुर खड्कालाई कार्यपालिका प्रवक्ता तोकेको छ  भने जेठ १४, १५ र १६ गते गणतन्त्र दिवेश मनाउने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update