Kakhara सबैको खबर सम्पूर्ण खबर
कृष्ण सेन ‘इच्छुक’को २० औं स्मृति दिवसः मुसीकोटमा प्रभात फेरी
मुसीकाेटमा निकालिएकाे प्रभात फेरी ।

क्रान्तिकारी पत्रकार तथा प्रगतिवादी साहित्यकार सहिद कृष्ण सेन इच्छुकको २० औं स्मृति दिवसको अवसरमा रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको आयोजनामा खलंगामा प्रभात फेरी भएको हो । कालिका थान बाट सुरु भएको प्रभात फेरी तल्लो बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै पुनः कालिकास्थानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै अग्रज पत्रकार तथा कृष्ण सेन इच्छुकका सहकर्मी निमबहादुर बुढाथोकीले व्यक्ति भन्दा माथि उठेर इच्छुकले पार्टी र क्रान्तिका लागि अतुलनिय योगदान गरेको बताउनुभयो । क्रान्तिकारी पत्रकारिता र जनपक्षिय पत्रकारिताको मियो गुमाउनुपर्दाको क्षेति अहिले सम्मपनि भोग्नु परेको उहाँले बतानुभयो । संगसंगै काम गरेको एक योद्धा गुमाउँदा अहिले पनि उत्तिकै पिडा हुने गरेको उहाँको भनाई थियो । 

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य धु्रवविक्रम बुढाथोकीले देश परिर्वतनका खातिर महान सहिद इच्छुकको वलिदानको सबैले उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । देश संघीयतामा जानु, नयाँ संविधान बन्नु, सामानुपातिक र समावेशिका नाराले सार्थकता पाउनु इच्छुक जस्तै योद्धका कारण सम्भव भएको उहाँको भनाई थियो । इच्छुकको सपना पुरा गर्न निरन्तर लाग्नुपर्ने उहाँले बताउनुभयो । 

त्यस्तै कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेगराज खड्काले ज्यानको बदलामा लिईएका विभिन्न आश्वासनलाई समेत वेवास्ता गरी इक्षुकले वलिदानी रोजेको बताउनुभयो । क्रान्तिकारी पत्रकारिता छोड्न, प्रगतिशिल कविता नलेख्न राज्यले धम्कि दिँदा पनि त्यसलाई वेवास्ता गरेर निरन्तर क्रान्तिको बाटोमा होमिदा इच्छुकले ज्यानको आहुती दिन परेको खड्काले बताउनुभयो । 

पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले महान सहिद कृष्ण सेन इक्षुकको सम्झनामा श्रदा सुमन व्यक्त गर्दै देश र समग्र नेपाली जनता तथा पत्रकारहरुको परिर्वतनको लागि ठुलो योगदान गरेको बताउनुभयो । यसलाई कसैले पनि वेवास्ता गर्न नहुने उहाँले बताउनुभयो । 

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य कोपिला विएम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य अमरराज पुन, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्मा, कर्णाली प्रदेश उपाध्यक्ष तुलबहादुर देवकोटा, प्रेस सेन्टर कर्णाली प्रदेश सदस्य धनकुमार शाही तथा जिल्लास्थित क्रियाशिल पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पश्चिमका अध्यक्ष हरि गौतमले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update