रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचित गर्नुपर्ने ४ महिला र २ अल्पसंख्य तथा दलित कोटा बाट गरी जम्मा ६ जना सानीभेरी गाउँ कार्यपालिकामा निर्वाचित भएका छन् । महिला कोटामा १ नम्बर वडाबाट विमला विक रोका ६ नम्बर वडाबाट सार पुन मगर ७ नम्बर वडा बाट देउमा भण्डारी र वडा नम्बर ९ बाट लिला खड्का मगर कार्यपालिका सदस्य बनेका हुन् । अल्पसंख्यकबाट वडा नम्बर १ बाट सेते कामी र दलितबाट वडा नम्बर ३ का बलबहदुर कामी गाउँ कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।
यी ६ जना गाउँ कार्यपालिकामा मनोनित भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन् । कार्यपालिका सदस्यमा मनोनित भएका ६ जना नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय सानीभेरीले जनाएको छ । अरु कसैको उम्मेदवारी नपरेपछि उनिहरु निर्विरोध निर्वाचित भएका हुन् । गाउँपालिकाका सबै पदाधिकारीहरुले सपथ ग्रहण गरेर पदभार समेत ग्रहण गरिसकेका छन् । १९ जना गाउँकार्यपालिकामा नेपाली कांग्रेसका २ जना र माओवादी केन्द्रका १७ जना रहेका छन् ।