Kakhara सबैको खबर सम्पूर्ण खबर
समसामयिक निर्णय गर्दै सकियो बाँफिकोट गाउँ कार्यपालिकाको पहिलो बैठक
बाँफिकोट गाउँ कार्यपालिकाको कार्यालय ।

स्थानीय तहको दोस्रो निर्वाचपछिको बाँफिकोट गाउँ कार्यपालिका रुकुम पश्चिमको बैठक बसेको छ । पहिलो बैठकले समसामयिक निर्णय पारीत गरेको कार्यपालिकाले जनाएको छ । कार्यपालिका बैठकले २०७४/०७९ को कार्यपालिका सदस्यलाई विदाई गर्ने निर्णय गरेको छ । औषधी खरिद गर्ने, एम्बुलेन्सलाई प्रमुख प्रशासकीय अधिकृत र लेखा मातहत राख्ने निर्णय गरेको छ ।

गाउँपालिका भवन अगाडिको जग्गा खरिदको प्रक्रिण अघि बढाउने निर्णय पनि भएको कार्यपालिका सदस्य तथा १० नम्बर वडाध्यक्ष हरि चन्दले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि प्रक्रिया थालनी गर्ने, २९ गते सम्म सबै टोल र वडाका भेला सकेर योजना छनौट गर्ने र ३० गते गाउँपालिकामा बुझाउने निर्णय पनि भएको चालु आर्थिक वर्षमा चलिरहेका कामको अनुगमन, कार्यक्रम र बजेटको निन्तरता दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update