रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर रहेको कोट मावि रुमालबाराले नव निर्वाचि जनप्रतिनिधिलाई स्वागत तथा विद्यालय सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ । वैशाख ३० मा भएको निर्वाचनबाट निर्वाचितलाई बधाई ज्ञापन तथा समस्या सुनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा साथै विद्यालयका विभिन्न समस्याहरुको बारेमा माग राख्दै माग पत्र पनि जनप्रतिनिधिलाई पेश गरेको छ । माग पत्र पेश गर्दै प्रधानाध्यापक शरद चन्द समालले अरु विद्यालयको तुलनामा कोट मावि रुमालबारा सबै हिसाबले कमजोर भएको बताउनुभयो ।
विद्यालयमा आवश्यकता अनुसार विषगत शिक्षकको दरबन्दी नभएको विद्यालय परिसरमा घेराबार नहुँदा बस्तुभाउ छाडा छोडने जस्ता विभिन्न समस्या भएको बताउदै यो समस्याको समाधान गाउँपालिका सरकारले गरिदिनेमा आफुहरु विश्वस्त भएको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले शिक्षालाई सुधार गर्न सिस्ने सरकारको पहिलो प्राथमिकता हुने बताउनुभयो ।
रेग्मीले विद्यालयका मागलाई प्राथमिकता आधारमा सम्बोधन गर्न सिस्ने सरकार प्रतिबद्ध रहेको र विद्यालय सुधार गर्न शिक्षक र अभिभावकको पनि महत्वपूर्ण भुमिका रहने भएको हुँदा मनैदेखी लाग्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्र मा सिस्ने सरकारले ५ बर्षको कार्यकालमा देखिने गरी केही विषयगत गुणात्मक परिवर्तन ल्याउने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर मल्लको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा उपाध्यक्ष गोपाल रेउले वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र बस्नेत, शिक्षा समन्वय इकाई रुकुम पुर्वका प्रमुख तिलक गौतम कार्यपालिका सदस्य सूर्य नेपाली लगायतको आतिथ्यता रहेको थियो ।
a