Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ७३ वडामध्य ७ वडामा दलित अध्यक्ष निर्वाचित
वडाध्यक्षको पदभार ग्रहण गर्दै मुसीकोट नगरपालिका १२ का वडाध्यक्ष धिरन शिर्पाली ।

वैशाख ३० गते भएको स्थानीय तहको सदस्य निर्वाचनमा रुकुम पश्चिममा ७ जना दलित वडा अध्यक्षमा निर्वाचित भएका छन् । रुकुम पश्चिममा ६ स्थानीय तहका  ७३ वडामध्य  ७ वडामा दलित वडा अध्यक्ष निर्वाचित भएका हुन् । जिल्लामा ६ स्थानीय तह  भएकामा ५ स्थानीय तहमा एक एक जना दलित वडा अध्यक्ष निर्वाचित भएका छन् ।

एक स्थानीय तह आठबीसकोट नगरपालिकामा भने २ वडामा दलित वडा  अध्यक्ष निर्वाचित भएका हुन् । चौरजहारी नगरपालिमा  वडा नम्बर ८ बाट शसिराम विक, आठबीसकोट नगरपालिका ३ मा केशरमान विक र ८ नम्बर वडामा खगेन्द्र विक वडाध्यक्षमा निर्वाचित भएका छन् ।  

मुसीकोट नगरपालिकामा वडा नम्बर १२ बाट धिरन शिर्पाली, सानीभेरी गाउँपालिकामा वडा नम्बर ८ बाट प्रेमबहादुर विक बाँफिकोट गाउँपालिकामा वडा नम्बर ९ बाट जोखबहादुर चन्द वडाध्यक्षमा निर्वाचित भएका छन् । तेस्तै  त्रिवेणी गाउँपालिकामा वडा नम्बर ६ बाट भद्रबहादुर शिर्र्पाली दलित बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यी ६ वटै स्थानीय तहका वडाअध्यक्षमा निर्वाचित ७ जना दलित वडा अध्यक्षहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update