Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगर कार्यपालिकामा माओवादीका सबै उम्मेदवार निर्विरोध
चौरजहारी नगर कार्यपालिकाको कार्यालय ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको नगर कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिकामा ८ जना निर्विरोध निर्वाचित भएसँगै चौरजहारी कार्यपालिकाले पूर्णता पाएको हो । निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्वाचन प्रक्रियामा माओवादीका उम्मेदवारले मात्रै मनोनयन दर्ता गरेका थिए ।

तोकिएको संख्या भन्दा बढी उम्मेदवारी नपरेपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  महिलातर्फ उमादेवी सुनार, पुतला पुन मल्ल, भिमा थापा, मिना केसी र लक्ष्मी सुनार निर्वाचित भएका छन् ।

अल्पसंख्यक तथा दलिततर्फ तुलाराम सुनार विमला नेपाली र देवेन्द्रकुमार सुनार निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । २४ सदस्यीय नगर कार्यपालिकामा ३ जना कांग्रेस र २१ जना माओवादीका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update