सोलुखुम्बुमा आयोजित एभरेस्ट अल्ट्रा म्याराथनमा रुकुम पश्चिमका दुर्गाराज बुढा तेस्रो हुनुभएको छ । निर्धारित ६० किलोमिटर लामो दुरी ७ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै बुढा तेस्रो हुनुभएको हो । सगरमाथाको आधार शिविरबाट सुरु भएको म्याराथन नाम्चे बजार पुगेर सकिएको थियो । उहाँ दोस्रो बनेका गोपाल तामाङ भन्दा मात्र ३३ सेकेण्डले पछि पर्नुभयो ।
तेस्रो बनेका बुढाले नगद ५० हजार पुरस्कार हात पार्नुभयो । बुढाले यसअघि पनि विभिन्न ठाउँमा आयोजित म्याराथनमा सभागिता जनाउँदै पुरस्कार जितिसक्नुभएको छ । अल्ट्रा म्याराथनमा अर्जुन राई कुलुङ तेस्रो बनेको आयोजक हिमालय एक्सपेडिसनका अप्रेशन अफिसर मनबहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रथमले १ लाख र दोस्रोले ७५ हजार पुरस्कार प्राप्त गरेको उहाँले बताउनुभयो । त्यस्तै तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन र हाफ म्याराथन पनि आयोजना गरिएको थियो । म्याराथनमा देश तथा विदेशका धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।