Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा क्षमता विकास कार्ययोजना कार्यशाला सम्पन्न

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा क्षमता विकास कार्ययोजना कार्यशाला सम्पन्न भएको छ । कर्मचारी र जनप्रतिनिधिहरुको क्षमता विकास गर्ने उदे्श्यले कर्णाली प्रदेश सुशासन केन्द्र सुर्खेतको प्राविधिक सहयोगमा मुसीकोट नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम नगर कार्यपालिकाकाे सभाहल शेरिगाउँमा भएकाे थियाे । 

कार्यक्रममा बोल्दै नगर प्रमुख महेन्द्र केसीले सुशासनको क्षेत्रमा कर्मचारी र जनप्रतिनिधिको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । जनतालाई सहज तरिकाले सेवा दिन कर्मचारीको महत्वपूर्ण भुमिका हुने भएकाले यसमा लापरवाही गर्न नहुने उहाँको भनाई छ । नगर उपप्रमुख विमलकुमार पुनले जनतालाई दिने हरेक सेवा र नगरपालिकाबाट हुने सबै काममा सुशासन कायम भएको प्रत्याभूति दिलाउन जनप्रतिनिधि र कर्मचारीहरु मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनले नयाँ जनप्रतिनिधिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नगरपालिकाबाट नगरवासीहरुलाई दिने सेवालाई प्रभावकारी बनाउन सदैव तत्पर रहेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु, शाखा अधिकृतहरु, कर्मचारीहरुको उपस्थित रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update