नयाँ जनप्रतिनिधि आएपछि रुकुम पूर्वको भूमे गाउँकार्यपालिकाको पहिलो बैठक बसेको छ । बैठकले विभिन्न समितिहरु गठन गरेको छ । गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, कार्यपालिका सदस्य नारायण पुन संयोजक रहेको ४ सदस्यीय आर्थिक विकास समिति र कार्यपालिका सदस्य टेकप्रसाद बुढा संयोजक रहेको सामाजिक विकास समिति गठन भएको छ ।
कार्यपालिका सदस्य विनोद बुढाको संयोजकत्वमा पूर्वाधार विकास समिति, कार्यपालिका सदस्य पर्शुराम बुढा संयोजक रहेको वातावरण तथा विपद् व्यवस्थापन समिति, कार्यपालिका सदस्य सुनकुमारी रोका संयोजक रहेको संस्थागत विकास र सुशासन समिति तथा गणेशबहादुर बुढा संयोजक रहेको ५ सदस्यीय लेखा समिति गठन गरिएको छ ।
त्यस्तै रकम पुनको संयोजकत्वमा विधायन समिति, रुजी रोकाको संयोजकत्वमा योजना तथा सुशासन समिति, उपाध्यक्ष सविना बुढाको संयोजकत्वमा ७ सदस्यीय स्थानीय राजश्व परामर्श समिति र उहाँकै संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको भूमे गाउँकार्यपालिकाले जनाएको छ ।
अन्य समितिमा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ अध्यक्ष रहेको १७ सदस्यीय स्थानीय विपद व्यवस्थापन समिति, उपाध्यक्ष सविना बुढा संयोजक रहेको ३ सदस्यीय न्यायिक समिति, गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ संयोजक रहेको ९ सदस्यीय गाउँपालिका शिक्षा समिति, अध्यक्ष श्रेष्ठ नै संयोजक रहेको ७ सदस्यीय उद्योग प्रवद्र्धन समिति रहेका छन् ।
यसका साथै गाउँपालिका उपाध्यक्ष सविना बुढाको संयोजकत्वमा ५ सदस्यीय अनुगमण तथा सुपरिवेक्षण समिति, सम्बन्धित वडाध्यक्ष संयोजक रहेका ३ सदस्यीय वडा स्तरीय अनुगमण तथा सुपरिवेक्षण समिति, उपाध्यक्ष सविना बुढाकै संयोजकत्वमा ८ सदस्यीय उपभोक्ता हित संरक्षण समिति, उहाँकै संयोजकत्वमा ९ सदस्यीय अपांगता परिचय पत्र वितरण समन्वय समिति समेत गठन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँकार्यपालिकाका सचिव चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको संयोजकत्वमा दररेट निर्धारण समिति पनि गठन गरिएको छ । यसका साथै बैठकबाट गाउँकार्यपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नम्बर २ का अध्यक्ष नारायण पुनलाई तोकिएको छ । गाउँकार्यपालिकाको कार्यालय भूमे २ खावाङ बगरमा बसेको कार्यपालिका बैठकले हालसम्मको सेवा प्रवाह र योजना कार्यान्वयन सन्तोषजनक रहेको निष्कर्ष समेत निकालेको छ ।