Kakhara सबैको खबर सम्पूर्ण खबर
राजनीतिक मुद्दालाई राजनीतिबाटै हल गर्न वाइसीएल र अखिल क्रान्तिकारीको आग्रह
वाइसिएल र अखिल क्रान्तिकारी त्रिवेणिीले जारी गरेको संयुक्त विज्ञप्ती ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्दको सहायक संगठन योङ कम्युनिस्ट लिग वाईसीएल  नेपाल र विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारीले नेपाली काङ्ग्रेसले लगाएको झुट्टा आरोप र झुट्टा मुद्दा  दर्ता गरेको प्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार अनेरास्ववियु क्रान्तिकारी त्रिवेणीका अध्यक्ष दिपककुमार रावल र वाइसीएल नेपाल त्रिवेणीका  अध्यक्ष एमन बाटा   मगरले संयुक्त विज्ञप्ति निकाल्दै गम्भीर ध्यानाकर्षण भएको  जनाएका छन ।  

त्रिवेणी गाउँपालिकाका एक दर्जन भन्दा बढी  विद्यार्थीलाई चुनावी गतिविधिका क्रममा मान्छे कुटपिट , पैसा चोरी , सुन चोरी लगायतका झुट्टा आरोप र झुट्टा मुद्दा  दर्ता प्रती गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सबै पार्टीका युवा परिचालन भए झै माओवादी केन्द्र निकट युवाहरू पनि परिचालन भएको अवस्थामा शान्तिपुर्ण र विवाद रहित र निर्वाचनको आचारसंहितालाई ध्यानमा राख्दै  प्रचार गरिएको अबस्थामा नेपाली काङ्ग्रेस  निकट युवाहरूले अनावश्यक विरोध गरी, प्रचारमा  हिडेको बेला ब्यानर च्यातेको, वाइक तोडफोड, बारिका केरा काटेको, पार्टी कार्यालय तोडफोड गरेको,  घर आगो लगाउने जस्ता  गैरजिम्मेवार काम गरेको    प्रमाणित भैसकेको पनि विज्ञाप्तिमा उल्लेख गरिएको छ  ।

 आफुहरु समाजलाई शन्तिपुर्ण बनाउन र मिलेर अगाडि बढ्न चाहे पनि काङ्ग्रेस निकटका मान्छेहरुले संगठका  नेतृत्वको नाम नै किटान गरेर अराजकपुर्ण र गैरजिम्मेवार कार्य गरेको समेत आरोप लगाइएको  छ । माओवादी केन्द्र निटक संगठन आफ्ना कमि कमजोरी एकिन गर्न हिजो पनि तयार भएको र आज पनि  तयार रहेको उल्लेख गरिएको छ । नेपाली काङ्ग्रेसले गल्ती गर्दा पनि   राजनीतिक गल्ती हो भनेर आफुहरु शान्त बसेको र आफुहरुलाई बारम्बार आरोपित बनाउँदै  जाने हो भने सहेर नबस्ने चेतावनी समेत दिएका छन । संयुक्त विज्ञप्तिको अन्त्यमा  भनिएको छ समाज परिवर्तन गर्ने चाहाने हो भने एकअर्काको कमिकमजोरीमा छलफल गरौ,   समाज परिवर्तन गर्न चाहाने हो भने झुट्टा मुद्दाहरु तत्काल  फिर्ता लिन विज्ञप्तिमा अपिल समेत उल्लेख गरिएको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update