Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा क्षेयरोग सम्बन्धी शिविर हुने
त्रिवेणी गाउँपालिकाको कार्यालय ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा क्षयरोग (टिबि) रोग सम्बन्धी शिविर सञ्चालन हुने भएको छ । त्रिवेणी गाउँपालिकाको आयोजनामा यही जेठ १९ गते देखि २२ गते सम्म  शिबिर सञ्चालन हुने स्वास्थ शाखा प्रमुख प्रेमबहादुर पुनले जानकारी दिनुभयो ।

खोजपडताल र परिक्षणका लागि क्षेयरोग रोगको शिविर सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । स्वास्थ शाखा प्रमुख  पुनका अनुसार जेठ १९ र २३ गते  वडा १० को पेउघा स्वास्थ चौकी मान्टुरा तथा २२ र २३ गते वडा नम्बर २ को सिम्रुतुु स्वास्थ्य चौकी सिम्रुतुमा सञ्चालन हुने भएको छ । बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म सिबिर सञ्चालन हुने स्वास्थ शाखा प्रमुख पुनले बताउनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update