Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिम र पूर्वमा बन्दकाे प्रभाव (फाेटाे फिचर)

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समुहको बन्दको प्रभाव रुकुम पश्चिम र पूर्व जिल्लामा परेको छ । सार्वजनिक तथा निजी सवारी, कुनैपनि प्रकारका व्यवसाय तथा व्यापार बन्द छन् । विहानैदेखि चल्नुपर्ने सवारीका साधन चलेका छैनन् भने पसल, उद्योग, व्यापार पनि खुलेका छैनन् । संवैधानिक परिषदमा असंवैधानिक नियुक्ति र सपथ ग्रहण विरुद्ध नेकपाले आज देशैभर आमहड्ताल घोषणा गरेको हो ।

बन्दलाई सफल पार्न दुवै जिल्लामा बाक्लो संख्यामा नेकपाका कार्यकर्ता उत्रिएका छन् । मुख्य बजार तथा विभिन्न ठाउँ ठाउँमा नेकपाका कार्यकर्ताहरु तैनाथ भएका छन् । बन्दलाई लक्षित गदैृ सुरक्षा सतर्ककता बढाईएको छ । जनपथ प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति देख्न सकिन्छ । बन्दले परेको प्रभाव सम्बन्धिका केहि फोटोहरु हेर्नुहोस् ।

बन्दलाई लक्षित गर्दै रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा परिचालित सुरक्षाकर्मी ।
बन्द सफल पार्न निस्किएका नेकपाका कार्यकर्ताहरु ।
बन्द अवस्थामा रहेको खलंगा बजार ।
रुकुम पूर्वको रुकुमकोटमा नेकपाका कार्यकर्ताले बालेको टायर ।
सुनसान रुकुम पूर्वको रुकुमकोट ।

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update