Kakhara सबैको खबर सम्पूर्ण खबर
नमस्ते खाएर बस्ने हाेईन काम गरेर देखाउनुहोस्ः अर्थमन्त्री शर्मा  
अर्थमन्त्री र रूकुम पश्चिमका जनप्रतिनिधिविच भएकाे भेट

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई भेटेर विकास निर्माणको कामको निरन्तर अनुगमन गर्न सुझाव दिर्नुभएको छ । ‘नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस्’ उहाँले भन्नुभयो ।

शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग मन्त्रालयमा भेटेर पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गर्नुभयो । ‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’ उहाँले भन्नुभयो, स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउनुस् । 

स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पुरा गरेर सबैको मन जित्ने काम गर्न उहाँले आग्रह गर्नुभयो । साथै उहाँले संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो । त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन उहाँको सुझाव छ ।

भेटमा रुकुम पश्चिमका नगरपालिका प्रमुख÷उप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update