Kakhara सबैको खबर सम्पूर्ण खबर
व्यक्तिगत खर्चमा ६० परिवारलाई राहत प्रदान

रुकुम पूर्व को सिस्ने गाउँपालिका वडा नम्बर ७ मा रहेका गरबी तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।  एक अनौपचारिक कार्यक्रम बिच वडाको सिस्नरी मा राहत वितरण गरेको हो । वडाका ६० जना गरीब तथा विपन्न परिवारलाई हाल अमेरिकामा बस्दै आउनु भएका सिस्ने ७ नाथिगारका मोतिराम रावतले राहत वितरण गर्नु भएको हो ।

घर खर्चमा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको मोतिरामका भाइ गोबिन्द रावतले जानकारी दिनु भयो । प्रत्येकलाई ३० किलो चामलको साथमा ३ बोतल तेल वितरण गरेको छ । अमेरिकामा बसेर पनि आफुहरुलाई सम्झिएर चामल सहयोग गरेको भन्दै गरीब तथा विपन्न परिवारलाई खुसी भएका छन् । एक लाख ६० हजार रुपैयाँमा उपलब्ध गराएको राहत वडाका जनप्रतिनिधि, शिक्षक,बुद्धिजीवी, र विभिन्न राजनीतिक दलको रोहबर वितरण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update