Kakhara सबैको खबर सम्पूर्ण खबर
महिला मानव अधिकार रक्षक सञ्जालको विशेष बैठक सम्पन्न

रुकुम पश्चिममा मानव अधिकार रक्षक सञ्जालको विशेष बैठक सम्पन्न भएको छ । बैठकले  ६ वटै स्थानीय तहमा लैंगिक हिंसा निवारण कोष स्थापना गर्ने सम्बन्धमा प्रत्येक पालिकामा समन्वय गर्ने निर्णय गरेको छ  । महिला मानव अधिकार रक्षक सञ्जालले लैंगिक हिंसाका समस्यालाई सम्बोधन गर्ने बताएको छ ।

ति समस्याको समाधान गर्न महत्वपूर्ण भुमिका खेल्ने निर्णय गरेको मानवअ धिकार रक्षक सञ्जालकी अध्यक्ष व्युझना पुन देवकोटाले जानकारी दिनुभयो । अध्यक्ष पुनका अनुसार  महिला मानवअधिकार रक्षकले गरेका गतिविधिको बारेमा समिक्षा गरि अबका दिनहरुमा अझ गतिविधिमा मानवअकिार रक्षकले निरन्तरता दिनुपर्ने निर्णय भएको छ ।

महिला मानव अधिकार रक्षाको विषयमा महिला मानव अधिकार रक्षकले खेल्नुपर्ने भुमिका,  गर्नुपर्ने क्रियाकलापका विषयमा समेत छलफल भएको थियो । अबका दिनहरुमा महिलाका समस्याका बारेमा समाधानका उपाय खोजी निरन्तर लाग्ने पनि निर्णय भएको अध्यक्ष पुनले बताउनुभयो । महिला मानव अधिकार रक्षकको तर्फबाट  ओेरेकको केन्द्रिय कार्यालय काठमाडौबाट आनुभएका अतिथिलाई टिका र दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update