Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटका प्याज उत्पादक कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री दिईने
नगर कृषि शाखाले जारी गरेकाे सूचना ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले प्याजको गानो उत्पादन कार्यक्रमबाट अनुदानमा कृषि सामग्री वितरण गर्नेभएको छ । नगर कृषि विकास शाखाबाट नगर क्षेत्र भित्रका सबै कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्रिहरु वितरण गर्न लागिएको हो । सिँचाइको लागि एच.डी.पि.पाइप, डिजिटल तराजु, विषादी घोल्ने २ सय लिटरको प्लाष्टिक ड्रम, स्प्रेयर टंकी, त्रिपाल लगाएतका सामाग्री ५० प्रतिशतमा अनुदानमा वितरण गरिने नगर कृषि विकास शाखाका अधिकृत प्रेमबहादुर खत्रीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अनुदानमा कृषि सामग्रीका लागि नगरपालिका भित्रका कृषक, कृषि समुह, कृषि फर्म र कृषि सहकारी संस्थाहरुले जेठ २४ गते भित्र निवेदन, नागरिकताको प्रतिलिपी, समुहवा सहकारीको दर्ता प्रमाण–पत्रको प्रतिलिपी सहित कृषिविकास शाखामा आवेदनदिन सक्ने उहाँले बताउनुभयो । प्याज उत्पादनमा वृद्धि गर्ने उदे्श्यले नगरपालिकाले अनुदानमा विभिन्न कृषि सामग्रिहरु उपलब्ध गराउन लागेको हो । 
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update