जिल्ला समन्वय समिति रुकुम पूर्वको प्रमुखमा मेघबहादुर श्रेष्ठ 'महेश' निर्वाचित हुनु भएको छ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य श्रेष्ठ सहित समन्वय समितिको सम्पूर्ण सदस्य निर्विरधो निर्वाचित हुनु भएको हो । समन्वय समितिको उपप्रमुख नेकपा एकीकृत समाजवादीका मोहनबहादुर केसी निर्वाचित हुनुभएको छ ।
बाँकी ७ सदस्यमा सबै माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । महिमान रोका, विष्णु रोका, बलकर्म बुढा निर्वाचित भएका छन् । प्रतिमा पुन, कल्पना सुनार, विन्दु रावल र लालजित बुढा पनि सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदानको दिन तोकेको थियो ।
९ जनाको मात्रै उम्मेदवारी परेपछि आयोगले सोमबार नै निर्वाचित भएको घोषणा गरिसकेको छ । ९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचनका लागि ६ जना मतदाता थिए । तीन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले मात्रै जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाउँछन् । यस जिल्लामा ५ जना माओवादीका मतदाता र एक जना एमालेका मतदाता छन् ।