रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरीनेटामा बाल शिक्षा आधारभुत विद्यालयको पक्की भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ को पुष महिनामा विद्यालय भवन निर्माणको काम सुरु गरिएको थियो । उक्त विद्यालको भवन निर्माणको लागि कर्णाली प्रदेश सरकार बाट ३५ लाख बजेट रकम प्राप्त भएको विद्यालय भवन निर्माण समतिका अध्यक्ष कमल पुनले जानकारी दिनुभयो ।
विद्यालय निर्माण समितिका अध्यक्ष पुनका अनुसार उक्त प्राप्त बजेट रकम बाट २ तलाको ४ कोठे विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवनको निर्माणको काम अन्तिम चरणमा पुगेपनि रंग रोगनको काम भने जारी छ । विद्यालय भवनको झयाल, ढोका, जोड्न र सिमेन्टको काम गर्न वाँकी छ । यो सबै काम असार मसान्तमा सक्ने गरी काम भैरहेको अध्यक्ष पुनले बताउनुभयो । बाल शिक्षा आधाभुत विद्यालय गैरीनेटामा निर्माण हुन लागेको यो पहिलो पक्की भवन हो । उक्त विद्यालयमा बाल शिक्षा देखि कक्षा ८ सम्म पठन पाठन भइरहेको छ ।