रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । ‘जनयुद्ध’ दिवस तथा जिल्ला ब्याडमिन्टन संघको प्रथम वार्षिकोत्सवको अवसर पारी संघले प्रतियोगिता आयोजना गरिएको हो । फागुन ३ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेता जोडिले नगद ५१ हजार १ सय ५१ रुपैंया पुरस्कार र ट्रफि पाउँने छ ।
उप–विजेताले नगद ३१ हजार १ सय ३१ रुपैंया र सेमिफाईनलमा पुग्ने दुई जोडिले नगद ११ हजार १ सय ११ रुपैंया पुरस्कार पाउने खेल संयोजक शोहेल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ३ हजार तोकिएको छ भने आयोजकले खेलाडिहरुलाई टिशर्ट उपलब्ध गराउने श्रेष्ठले बताउनुभयो । सबै खेलाडिलाइ मेडल र प्रमाण पत्रकाे पनि व्यवस्था गरिएकाे छ । प्रतियोगिता संचालनका लागि सिस्ने गाउँपालिकाले सहयोग गरेको छ ।