Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट ११ को पाछिवाङ टोलमा एक घर एक धारा पुग्दै 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ११ पाछिवाङ टोलमा एक घर एक धारा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ को फागुन देखि सुरु गरिएको निर्माणको काम अन्तिम चरणमा पुगेको हो । धाराको रगं रोगन गर्न र घर घरै निर्माण गरिएका धारामा पानी पुग्न असार मसान्तसम्म समय लाग्ने खानेपानी उपभोत्ता समितिका अध्यक्ष बमबहादुर पुनले बताउनुभयो । अध्यक्ष पुनका अनुसार एक घर एक धारा निर्माण भएपछि पाछिवाङ टोलका ३५ घरधुरीले घर घरै खानेपानीको प्रयोग गर्न पाउने छन् । 

उक्त टोलमा खानेपानी पुर्याउनको लागि पाछिवाङ टोलमा लगभग  २४ सय मिटर टाढाबाट पानी पुर्याइएको छ । यस आयोजनाका लागि खानेपानी तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमबाट ४ लाख ९२ हजार रकम प्राप्त भएको छ । ७ लाख ८२ हजार बरावरको भने स्थानीयले श्रमदान गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुनले बताउनुभयो । घर घरै खानेपानी पुगेपछि त्यस टोलका स्थानीयलाई खानेपानीको जोहो गर्न सहज हुने छ । हाल त्यहाँका स्थानीयले बोकेर पानीको जोहो गर्ने गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update