रुकुम पश्चिमको बाँफिकोट गाउँ कार्यपालिकाले विषयगत समिति गठन गरेको छ । कार्यपालिकाको दोस्रो बैठकले ६ वटा विषयगत समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले जानकारी दिनुभयो । अधिकृत ओलीका अनुसार आर्थिक विकास समिति संयोजकमा रिता जैसी चयन हुनु भएको छ ।
सामाजिक विकास समितिको संयोजकमा मनबहादुर वादीलाई चयन गरिएको छ भने पूर्वाधार विकास समितिको संयोजकको जिम्मेवारी शेरु विकले पाउनुभएको छ । वन वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा पविता सुनार, संस्थागत विकास तथा सुशासन समितिको संयोजकमा कमला केसी मल्ललाई चयन गरिएको छ ।
विद्ययक समितिको संयोजकमा ज्योतिका नेपालीलाई चयन गरिएको छ । उपाध्यक्ष तारा बुढा केसीको संयोजकत्वमा स्थानीय राजश्व परामर्श समिति, न्यायिक समिति र बजेत तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको छ । स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको संयोजकमा अध्यक्ष जनककुमार बाँठा मगर चयन हुनु भएको छ । कार्यपालिका बैठकले गाउँ सभाको तयारी गर्ने लगायतका निर्णय गरेको अधिकृत ओलीले जानकारी दिनुभयो ।