रुकुम पश्चिमको मुसीकोट नगर कार्यपालिकाले तीन वटा निर्णय गरेको छ । नवनिर्वाचित कार्यपालिका सदस्यहरुको पहिलो बैठकले तीन दिन लाएर तीन वटा निर्णय गरेको हो । ८ वटा प्रस्ताव बैठकमा पेस भएपनि ५ वटा प्रस्ताव भने फिर्ता भएका छन् । नगरप्रमुख महेन्द्र केसीले २३ गतेको बैठकमा ८ वटा प्रस्ताव पेश गर्नुभएको थियो ।
२३ गते बैठक नसकिएपछि २५ गते बसेको बैठकले ३ वटा निर्णय सर्वसम्मत गरेको हो । निर्वाचन सम्पन्न गराउन सयोगर्ने कर्मचारी जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन, नयाँ जनप्रतिनिधिको स्वागतको एउटा निर्णय भएको छ । दोस्रो निर्णय कार्यपालिका बैठक सञ्चालन कार्यविधि जानकारी गराइएको थियो ।
तेस्रोमा यस अघि बन्द रहेको ५ नम्बर वडा डाङडुङे विद्यालय पुनःस्थापनाको निर्णय भएको छ । यो निर्णय अघिल्लो कार्यपालिकाले गरेको थियो । कार्यान्वयन गर्ने गरी यस पटक निर्णय भएको बताइएको छ । सवारी साधनको पार्किङको सम्बन्धमा अटोरिक्सा सञ्चालन कार्यविधि पास गर्ने निर्णय पनि भएकाे छ ।
विषयगत समितिको पुनःगठन, कार्यपालिका प्रवक्ता तोक्ने, पदभार ग्रहणको क्रममा नगरप्रमुखले गरेका निर्णय अनुमोदन गर्ने प्रस्ताव पेश गरिएको थियो । सम्बन्धमा र विविध सम्बन्धमा निर्णय गर्न प्रस्ताव पेश गरिएको थियो । यी मध्य केही प्रस्ताव फिर्ता गरिएको छ ।
नगरप्रमुख केसीले पदभार ग्रहणको क्रममा मुग्लुखोला घाटमा दाउरा दिने, जिल्ला अस्पतालबाट रिफर हुने सम्पूर्ण विरामीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र यस अघि मुसीकोट नगर कार्यपालिकाले बन्द गरेका विद्यालय सञ्चालनको निर्णय गर्नुभएको थियो । यसमध्यको एउटा निर्णय मात्रै अनुमोदन भएको छ ।