Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यालयको शैक्षिक, भौतिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पुर्वको सिस्ने गाउँपालिकामा विद्यालयका शैक्षिक भौतिक तथा आर्थिक समस्या र यसको समाधान का लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मीणी माध्यमिक बिद्यालयमा विद्यालय व्यवस्थापन समिति समिति र विद्यालयका शिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

विद्यालयमा पठनपाठनका क्रममा देखिएका शैक्षिक तथा भौतिक समस्याका बारेमा विद्यालयमा अध्यापनरत शिक्षकहरुले जानकारी गराएका थिए । जानकारी क्रममा विभिन्न विषयगत शिक्षकहरुले आफ्ना समस्याहरु सहित विभिन्न मागहरू पनि राखेका छन् । भौतिक पक्षमा बलियो भएको रुक्मीणी माविलाई अब शैक्षिक क्षेत्रतर्फ बलियो बनाउनमा ध्यान दिनुपर्नेमा सहभागी शिक्षकहरुले जोड छ ।

शिक्षकहरूले उठाएका विभिन्न समस्याहरू मा सिस्ने गाउँपालिकाका शिक्षा समिति संयोजक तथा अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउले निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख  मंगलसिङ बुढाले जवाफ दिनु भएको थियो ।  

सिस्ने गाउँपालिकले आगामी आर्थिक वर्षका लागि तर्जुमा गर्ने नीति, कार्यक्रम तथा बजेटमा शिक्षा क्षेत्रमा देखिएका समस्या मासवेश गरी समाधानको प्रयास गर्ने अध्यक्ष रेग्मीले बताउनुभयो । साथै सिस्ने सरकारले शिक्षा क्षेत्रलाई विशेष रुपमा हेरेका कारण पनि शिक्षा को पाटोमा थप प्रभावकारी कार्यक्रमहरु सन्चालन गरिने उहाँको भनाई छ ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update