Kakhara सबैको खबर सम्पूर्ण खबर
साँखमा निःशुल्क महिला स्वास्थ्य शिविर सुरु 
शिविरमा सेवा लिन आएकी एक वृद्धाको समस्या सुन्दै डाक्टर अमित लामगादे ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ७ साँखमा निःशुल्क महिला स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग तथा मुसीकोट नगरपालिका संगको साझेदारीमा ग्लोबल आइएमई बैंकले साँख स्वास्थ्य चौकीमा शिविर आयोजना गरेको छ । 

महिलाहरुका विभिन्न स्वास्थ्य समस्याहरुलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको ग्लोबल आइएमई बैंक मुसीकोट शाखाले जनाएको छ । शिविरबाट महिलाहरुमा देखिने विभिन्न समस्याहरु जस्तै प्रजनन् अंग सम्बन्धी, पाठेघर सम्बन्धी, तल्लो पेट दुख्ने, सेतो पानी वग्ने, पिसाव पोल्ने, महिनावारी गडबडी, बढी रगत बग्ने समस्याको उपचार हुने डाक्टर अमित लामगादेले जानकारी दिनुभयो ।

IMG_45601654761164.JPG
स्वास्थ्य जाँचका लागि नाम दर्ता गराउँदै । 


त्यस्तै भिआईए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ समेत गरिने उहाँले बताउनुभयो । यौन रोगको उपचार तथा परामर्श पनि भइरहेको छ । स्क्रिनिङबाट पाठेघरको अप्रेशन गर्नुपर्ने महिलाहरु देखिएमा उनिहरुलाई दाङमा लिएर निःशुल्क अप्रेशन गर्ने डाक्टर लामगादेको भनाई छ । शिविरबाट जाँच देखि औषधि वितरण र माईनर अप्रेशन सेवा प्रदान भइरहेको बताईएको छ । 

शिविरमा नेपाल परिवार नियोजन संघ दाङमा फ्याम्ली फिजिसियन डाक्टर अमित लामगादेको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली खटिएको छ । शिविरको एक कार्यक्रमका विच मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डे, ग्लोबल आइएमई बैंक मुसीकोट शाखाका प्रवन्धक निमेश पुरी लगायतको आतिथ्यता रहेको थियो । 

IMG_45421654761301.JPG
शिविर उद्घाटन कार्यक्रम ।

नेपाल परिवार नियोजन संघ दाङका सभापति तिर्थ सन्तोषिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रवन्धक वसन्त खनालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन मुसीकोट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक वेदाराम ओलीले गर्नुभएको थियो ।। 
 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update