Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा वडाध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

रुकुम पश्चिको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा पहिलो वडा अध्यक्ष कप खेलकुद  प्रतियोगिता कार्यक्रम सञ्चालन हुने भएको छ । यहि जेठ २९ गते देखि असार १ गते सम्म पहिलो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन हुन लागेकोे हो । पहिलो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको आयोजना वडा स्तरिय खेलकुद विकास  समिति त्रिवेणी २ ले गरेको छ ।

वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्ष मिलन विक्रम पुनले पहिलो वडा अध्यक्ष  कप खेलकुद प्रतियोतिमा  पुरुष भलिवल, हाजिरी जवाफ, भाले तान्ने, लोक दोहोरी र एकल नृत्य कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद सहित कप  प्रमाण पत्र दास्रो हुनेले २० हजार नगद सहित कप प्रमाण पत्र  प्राप्त गर्दा  तेस्रो हुने टिमले १०  हजार सहित कप प्रमाणपत्र  प्राप्त गर्नेछन ।

भलिबल प्रतियोगिताको दर्ता शुल्क ३ हजार रहेको छ । तेस्तै हाजिर जवाफ प्रतियोगितामा  क्रमश प्रथम, दोस्रो र तेस्रो हनेले ५ हजार, ३ हजार पाँच सय, र २ हजार रकम सहित प्रमाण पत्र  प्राप्त गर्नेछन् । लोक दोहोरीमा प्रथम हुनेले ६ हजार दोस्रो हुनेले  ५ हजार र तेस्रो हुनेले ४ हजार सहित कम र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्तै एकल नृत्यमा प्रथम हुनेले ३ हजार दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार रकम सहित कप र प्रमाणत्र प्राप्त गर्नेछन् । भाले तान्ने  प्रतियोगितामा विजेता हुनेले २ हजार सहित कप र प्रमाणपत्र प्राप्त गर्नेछ । खेल सञ्चालन जेठ २९ गते वडा नम्वर २ को सिम्रुतुमा हनेछ ।  खेल शुद्ध खुल्ला वडा स्तरी खेलाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update