Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा  नदीजन्य पदार्थ गिट्टी, वालुवा विक्रि तथा ओसारपसारमा रोक
मुुसीकोट नगरपालिकाले नदीजन्य पदार्थ गिट्टी, वालुवा विक्रि तथा ओसारपसारमा रोक लगाएको बारे जानकारी दिन जारी गरिएको सूचना ।

रुकुम पश्चिमको मुुसीकोट नगरपालिकाले नदीजन्य पदार्थ गिट्टी. वालुवा विक्रि तथा ओसारपसारमा रोक लगाएको छ । नगरपालिकाले जेठ २६ गते सूचना जारी गर्दै जेठ ३१ गते देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ गिट्टी, वालुवा विक्रि तथा ओसारपसारमा रोक लगाएको हो ।

नगरपालिका क्षेत्र भित्रका नदी, खोला तथा खानीजन्य स्थानहरुको उत्खनन् तथा संकलन गर्ने कार्यले वर्षातको समयमा वाढी, पहिरो तथा भुक्षयको जोखिम हुने भएकाले नदीजन्य पदार्थ विक्रि तथा ओसारपसारमा रोक लगाएको मुसीकोट नगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।

मापदण्ड बमोजिम नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा विक्रि वितरणको जिम्मा पाई सानीभेरी नदी किनाराका विभिन्न घाट तथा नगरपालिका भित्रका अन्य खोला तथा खानीजन्य स्थानबाट गिट्टी, वालुवा संकलन तथा विक्रि वितरण गरिरहेका ठेकेदार, फर्म, तथा व्यक्तिहरु समेतलाई जेठ ३१ गते देखि भदौ मसान्तसम्म विक्रि तथा ओसारपसारमा रोक लगाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update