Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ११ को वडा कार्यालयका लागि निःशुल्क जग्गा प्राप्त
पदभार ग्रहणका क्रममा वडाध्यक्ष भूपालसिङ ओली ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ का लागि निःशुल्क जग्गा प्राप्त भएको छ । काफलबोटका विर्खबहादुर ओलीले सोही ठाउँको ३ सय बर्गमिटर जग्गा निःशुल्क दान गर्नुभएको हो । वडा कार्यालय भवन निर्माण गर्नका लागि वडाका लागि निःशुल्क जग्गा प्राप्त भएको वडाध्यक्ष भूपालसिङ ओलीले जानकारी दिनुभयो ।

उक्त जग्गा वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास समेत भइसकेको छ । चालु आर्थिक वर्षमा उक्त जग्गामा घडेरी निर्माण गर्ने वडाध्यक्ष ओलीले बताउनुभयो । घडेरी रहेको ठाउँसम्म सडक निर्माण गर्ने र घडेरी सम्याउने काम चालु आर्थिक वर्षमा सक्ने काम चालु आर्थिक वर्षमा हुने र आगामी आर्थिक वर्षमा कार्यालय भवन बनाउने योजना रहेको वडाध्यक्ष ओलीले बताउनुभयो । हाल वडा कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update