रुकुम पश्चिममा शनिबार दिउँसो देखि विद्युत लाईन अनियमित भएको छ । शनिबार पानी सहित आएको हावाहुरीले विद्युत लाईन अनियमित भएको हो । विद्युत लाईन अनियमित हुदाँ विद्युत बाट सञ्चालन हुने मेसिन कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योग लगायत विद्युत बाट सञ्चालन हुने कामहरु सबै ठप्प छन् ।
मुसीकोट नगरपालिका ५ बागबजारमा गार्मेट उद्योग सञ्चालन गर्दै आनुभएका खड्कबहादुर परियारले विद्युत अनियमित हुदाँ विच विचमा विद्युत लाईन जाने समस्याले आफुलाई काम गर्न अप्ठेरो भएको बताउनुभयो । विद्युत लाईनकौ कारण ग्राहकको कपडा भनेको समयमा सिलाई गर्न नसक्दा गाली खानुपरेको गुनासो सुनाउनुभयो ।
विद्युत प्रधिकरण कार्यालय रुकुम पश्चिमले भने रुकुममा कुनै समस्या नभएको बताएको छ । शनिबार आएको हावाहरीले दाङ र सल्यानको विच भागमा विद्युत लाईनका पोलहरु ढालेकाले विद्युत लाईन अनियमित भएको विद्युत प्रधिकरण रुकुम पश्चिमका प्रमुख त्रिलोचन भट्टराईले बताउनुभयो । प्रमुख भट्टराईका अनुसार सुर्खेत जाजँरकोट खण्डमा पनि विद्युत लाईनका पोल ढल्नुका साथै रुखहरु विद्युत लाईमा परेर विद्युत अनियमित भएको छ ।
विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खट्टिसकेका छन् । ठ्याक्कै यो समयमा विद्युत आउँछ भन्ने जानकारी नहुने भएकाले मर्मतको काम सकिएपछि विद्युत आउने उहाँले बताउनुभयो । विद्युत लाईनमा रुखले क्षेति गरेको, पोलहरु ढलेको देखेमा सर्वसाधारण जुनसुकैले पनि विद्युत प्रधिकरण तथा नजिकैको प्रहरी कार्यालयमा खवर गर्न समेत प्रमुख भट्टराईले अनुरोध गर्नुभएको छ ।