Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी १ का आमा समुहलाई सरसफाईका सामग्री र स्ट्रेचर वितरण 
स्ट्रेचर र सरसफाइका सामग्री वितरण गरिदैं ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का आमा समुहलाई व्यक्तिगत सरसफाईका सामग्री र स्ट्रेचर वितरण  गरिएको छ । वडा नम्बर १ का ५ वटा आमा समुहलाई उक्त सामग्री वितरण गरिएको हो । अस्ट्रेलियन एडको आर्थिक सहयोग र मानव बिकास तथा सामुदायिक सेवा चौरजहारीको सहजिकरणमा उक्त सामग्री वितरण गरिएको मानव बिकास तथा सामुदायिक स्वास्थ सेवा चौरजहारीका सामाजिक परिचालक कल्पना पुनले जानकारी दिनुभयो । प्रत्येक आमा समुहलाई एक/एक ओटा स्ट्रेचर र प्रत्येक व्यक्तिलाई व्यक्तिगत सरसफाईका सामग्री वितरण गरिएको हो ।

त्यस्तै त्रिवेणी गाउँपालिका वडा नम्बर २ का ४ ओटा आमा समुहलाई पनि उक्त सामग्री वितरण गरिने पुनले बताउनुभयो । वितरण कार्यक्रममा त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुन्दर ओली, आमा समुह, वुद्धिजिवी लगाएतको सहभागिता रहेको थियो । सामग्री वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष ओलीले सकारात्मक कामका लागि व्यक्तिगत र सरकारको तर्फबाट आफ्नो सहयोग सदैव रहने बत्ताउनुभयो । यो संगै जिल्लाका त्रिवेणी गाउँपालिका, सानिभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिकाका ६, ७ र ८ नम्बर वडा र आठबीसकोट नगरपालिकाको स्यालाखदी र घेत्मामा पनि उक्त सामग्री वितरण गरिएको छ । 

केही ठाँउमा वितरण गर्ने तयारी छ । चौरजहारी नगरपालिकामा पनि अबको एक दुई दिन भित्र उक्त सामग्री वितरण गर्ने तयारी थालिएको मानव बिकास तथा सामुदायिक सेवा चौरजहारीका प्रोजेक्ट अफिसर गोपाल तिमल्सिनाले बताउनुभयो । सडक नपुगेका ठाँउहरुबाट बिरामीहरुलाई स्वास्थ्य चौकीसम्म ल्याउन सजिलोका साथै बर्षाको समयमा सबै ठाँउमा नियमित गाडी नचल्ने भएकाले बिरामीहलाई स्वास्थ्य चौकीसम्म पुर्याउन सहज होस अनि कोही पनि स्वास्थ्य सेवा पाउनबाट बञ्चित नहुन भन्ने उद्देश्यले प्रत्येक आमा समुहलाई स्ट्रेचर वितरण गरिएको प्रोजेक्ट अफिसर तिमल्सिनाको भनाई छ ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update