Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिभुवन जनता माविको अध्यक्षमा केसी
नरेन्द्र केसी ।


रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ नम्बर वडामा रहेको त्रिभुवन जनता माविको नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । अभिभावक भेलाले नरेन्द्र केसीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

भेलाबाट विव्यस सदस्यमा रमेश खड्का, भिमबहादुर खड्का, खेमराज खड्का, दिपकराज खड्का, केदार गौतम, आरती रावल, ज्ञानुचन्द्र चन्द चयन भएका छन् ।

चन्द वडा अध्यक्ष हुनुहुन्छ । वडाध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । सदस्यहरु पनि सबै सर्वसम्मत चयन भएका हुन् । भेलाबाटै शिक्षक, अभिभावक संघ पनि गठन गरिएको छ । यसको अध्यक्षमा खेमराज खड्कालाई चयन गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update