नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु क्रान्तिकारी) रुकुम पश्चिम त्रिवेणी गाउँपालिका सदस्य तथा वाईसियल नेपाल त्रिवेणी वडा नम्बर ९ का सचिव वुद्धिमान डाँगीको रिहाइको माग गरिएको छ । डाँगीको गिरफ्तारीप्रति अनेरास्ववियू क्रान्तिकारी त्रिवेणीले घोर आपति जनाएको छ । एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू क्रान्तिकारीले आपत्ति जनाउँदै डाँगीको रिहाईको माग गरेको हो ।
जेठ २९ गते कक्षा एघारको परीक्षा सकेर घर फर्किदै गर्दा वडा नम्बर ९ को हिमालय जनता माविको गेटबाट प्रहरीले गिरप्तार गरेको अनेरास्ववियू क्रान्तिकारी त्रिवेणीका अध्यक्ष दिपककुमार रावलले निकालेको विज्ञाप्ती उल्लेख गरिएको छ । बिना कुनै कारण प्रहरीले गिरप्तार गरेको भन्दै विद्यार्थी संगठनले विनाशर्त तत्कालै डाँगीलाई रिहा गर्न माग गरेको छ । रिहा नगरिए र ११ को परीक्षा छुट्न गएमा संगठनले विद्यालय एवम अन्य सार्वजनिक ठाउँहरुमा संर्घषका कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ ।