रुकुम पश्चिमको मुुसकोट नगरपालिका वडा नम्बर १३ छिवाङमा २ वटा सिचाँई आयोजनाको काम सुरु भएको छ । छिवाङ खोला सादनचौर सिचाँई आयोजना र घट्टेखोला सादनचौर सिचाँई आयोजना गरी दई वटा आयोजनाको काम सुरु भएको हो । दुई वटा आयोजनाको लागि छुट्टाछुटै निर्माण समिति बनाएर सिचाँई आयोजनाको काम भईरहेकको छ ।
५० लाख बजेटको सिचाँई कुलो आयोजनामा पानीको मुहान देखि काम गरि सादनचौर टोलसम्म पुर्याइने छ । भने ३० लाख प्राप्त भएको वजेटमा सादनचौर टोलमाल सिचाँई कुलो निर्माण गरिने वडा अध्यक्ष खलबहादुर खड्काले जाकारी दिनुभयो । वडा अध्यक्ष खड्काका अनुुसार सिचाँई कुलो निर्माण गरेपछि सादनचौर, चौतारा र खड्का डेरा टोलमा गरी १ सय २५ घरधुरीले लाभ लिने बताउनुभयो । सिचाँई कुलो बारै मास चल्ने भएकाले खेतिपाति गर्ने किसान लाई फाईदा हुने र कृर्षि उत्पादन पनि बढ्ने उहाँले बताउनुभयो ।
सिचाँई कुलो मार्फत करिव ५ किलामिटर टाडाँ बाट पानी सादनचौर, चौतारा र खड्का टोलमा आउने छ । सिचाँई कुलो आयोजनाको लागि छुट्टाछुटै दुई आयोजनालाई फरक फरक बजेट प्राप्त भएको छ । छिवाङ खोला सादनचौर सिचाँई आयोजनाको लागि ३० लाख बजेट प्राप्त भएको छ । त्यस्तै घट्टेखोला सादनचौर सिचाँई आयोजनाको लागि ५० लाख बजेट गरी जम्मा ८० लाख बजेट प्राप्त भएको छ । उक्त सिचाँई आयोजनाको लागि खानेपानी सिचाँई तथा उर्जा विकास कार्र्यालय रुकुम पश्चिम बाट बजेट प्राप्त भएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।