फोटो सहितको मतदाता नामावली संकलन थालिएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले आजबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु भएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा फोटो सहित मतदाता नामावली संकलनको काम सुरु भएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।
उमेर पुगेका वा अन्य कुनै कारण यस अघि छुटेकाहरुलाई फोटो सहतको मतदाता नामावली बनाउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । जिल्ला निर्वाचन अधिकारी मल्लले अर्को निर्वाचनको मिति घोषणाका दिनसम्म मतदाता नामावली संकलन कार्य हुने जनाइएको छ ।
निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन गर्नु भनेको तर कहिलेसम्म भनेर केही खबर नगरेको निर्वाचन अधिकारी मल्लले बताउनुभयो । आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा सम्म यो काम जारी रहने मल्लले जानकारी दिनुभयो ।