वाईसीयल नेता ओलीद्धारा कामीकाे परिवारलाई किरिया खर्च सहयोग
नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका वडा नम्बर १ का इन्चार्ज तथा वाईसीयल नेता लक्ष्मण ओलीले एक परिवारलाई किरिया खर्च सहयोग गर्नुभएको छ । वाईसीयल नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहनुभएका ओलीले वडाको सिन्तुवाङ निवासी ८२ वर्षिय रतिभान कामीलाई ८ हजार सहयोग गर्नुभएको हो ।
आर्थिक अवस्था कमजोर भएकाले क्रिया खर्च सहयोग गरेको ओलीले बताउनुभयो । कामीको घरमै पुगेर रकम हस्तान्तरण गरेको ओलीको भनाई छ । यसले क्रिया खर्च टार्न सहयोग पुग्ने ओलीको विश्वास छ । कामीकी ७० वर्षिया श्रीमती कियुचि कामीको ४ दिन अगाडी मृत्यु भएको थियो । कियुचि विगत २० वर्ष देखि मानसिक रोगी हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ १४:२३
प्रतिक्रिया दिनुहोस्