Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १० मा  विद्यार्थीका लागि स्वास्थ्य शिविर
विद्यार्थीकाे स्वास्थ्य जाँच हुँदै ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १०, मा विद्यार्थीको स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको छ । विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत मालिका मावि चुनका विद्यार्थीको स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको हो । शिविरमा विद्यार्थीको आँखा, दाँत, कान, घाँटी, मुख र मुटु रोग सम्बन्धिको परीक्षण गरिएको छ ।

मुसीकोट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना भएको शिविरमा लक्षण वा समस्या अनुसार औषधी र परामर्श सेवा प्रदान गरिएको छ । सबैभन्दा बढी आँखामा समस्या देखिएको छ । यसपछि दाँतको पनि समस्या भएका विरामीहरु छन् । शिविरमा २ सय १५ जना विद्यार्थीको परीक्षण गरिएको छ । बढी समस्या भएका विरामीलाई जिल्लामा थप उपचारको व्यवस्था मिलाइएको मुसीकोट नगरपालिकाका स्वास्थ्य संयोजक वेदाराम ओलीले जानकारी दिनुभयो ।

शिविरमा डा.भिमकान्त जैसी, केशव मेहता, सुदिपकुमार यादव लगायतको टोली पुगेको थियो । आँखा उपचार सल्लेका इन्चार्ज धनबहादुर केसी पनि खटिनुभएको थियो । वडाध्यक्ष धनबहादुर खड्काले शिविरको उद्घाटन गर्नुभएको थियो । शिविरले विद्यार्थीको स्वास्थ्य सुधारमा सहयोग पुग्ने वडाध्यक्ष खड्काको विश्वास छ । बालबालिका, जेष्ठ नागरिक तथा अरु सबैको स्वास्थ्य उपचारका लागि वडाले पनि स्वास्थ्य शिविर आयोजना गर्ने निर्णय गरेको वडाध्यक्ष खड्काले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update