Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले दियो मतदातालाई धन्यवाद 
माओवादी केन्द्रले जारी गरेकाे प्रेस विज्ञप्ति ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले मतदाताहरुलाई धन्यवाद दिएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले आज प्रेस विज्ञप्ती जारी गर्दै वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट विभिन्न पदमा उठेका उम्मेदवारलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिनुभएको हो । 

साथै यस पटकको स्थानीय तहको निर्वाचनमा विभिन्न कारणले आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्न असमर्थ रहेका मतदाताहरुले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मतदान गर्ने विश्वास संयोजक रोकाले गर्नुभएको छ । त्यस्तै माओवादीले निर्वाचनमा खटिने सबैलाई धन्यवाद दिएको छ ।

‘निर्वाचन सम्पन्न गर्न अहोरात्र खटनपटनमा सक्रिय रहनुहुने हाम्रो पार्टीका आदरणीय नेतागण, कार्यकर्ता पंक्ति, सहयोगी, सुभेच्छुक, जिल्लास्थित प्रशासनिक निकायहरु, सुरक्षाकर्मी, संचारकर्मी एवं कलाकार महानुभावहरुप्रति हार्दिक आभारसहित धन्यवाद टक्र्याउदछौं, जिल्ला संयोजक रोकाले जारी गरेको विज्ञप्ती उल्लेख छ ।’   

केन्द्रीय गठबन्धनको भावना र निर्णयको घोर उलंघन गर्दै सत्ता साझेदार दल नेपाली काँग्रेसले जिल्लामा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको सन्दर्भ र धेरैजसो पालिकाहरुमा नेकपा (एकीकृत समाजवादी) समेत काँग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएको लगायतका चुनावी प्रतिकुलताको सामना गर्नुपरेको माओवादीले जनाएको छ ।  

प्रतिकुलताको वावजुत पनि सबै नगरकार्यपालिका, गाँउकार्यपालिका र जिल्ला समन्वय समिति निर्वाचनमा पार्टीको प्यानल विजयी भएको र जिल्लाका ७३ मध्ये ५२ वटा वडामा विजयी भएको विज्ञप्तीमा जनाईएको छ । यसका साथै माओवादीले जिल्ला समन्वय समिति, नगरपालिका, गाँउपालिका र वडाका विभिन्न पदमा निर्वाचित हुने सम्पूर्ण जनप्रतिनिधिलाई बधाई ज्ञापन समेत गरेको छ । 

जेठ ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन भएसंगै रुकुम पश्चिममा स्थानीय तह निर्वाचन २०७९ पूर्ण रुपमा सकिएको छ ।
287101490_5365639873487458_9157528351755882862_n1655288542.jpg

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update