Kakhara सबैको खबर सम्पूर्ण खबर
बृद्धबृद्धा र अपांगलाई कम्बल वितरण गर्दै पुथाउत्तरगंगा १ का वडाध्यक्षद्धारा पदभार ग्रहण
एक वृद्धालाई कम्बल दिदै वडाध्यक्ष विरमान कामी ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विरमान कामीले पदभार ग्रहण गर्नुभएको छ । श्रीमती शोकमा पर्नुभएका अध्यक्ष कामीले ढिलो गरी जेठ २४ गते गाउँपालिका अध्यक्ष पुणिराज घर्तीबाट सपथ ग्रहण गर्नुभएको थियो । कामीले आज असार १ गते विधिवत रुपमा पदभार सम्हाल्नु भएको हो ।   

उहाँले वडाका ८८ जनालाई कम्बल वितरण गर्दै पदभार ग्रहण गर्नुभयो । जेष्ठ नागरिक, अपांगलाई कम्बल वितरण गरिएको हो । वडावासीको लस्करका साथ गाउँपरिक्रमा गरी वडा कार्यालयमा पुगेर पदभारको कार्यक्रम भएको थियो । मईँनाम साँस्कृतिक परिषद् लगायत विभिन्न संघ संस्थाहरुले नयाँ जनप्रतिनिधिलाई स्वागत तथा पुराना जनप्रतिनिधिहरुलाई विदाई समेत गरेका छन् । 

स्वागत तथा पदभार ग्रहण पछि वडाध्यक्ष कामीले आफुले मईँनाम साँस्कृतिक परिषद्को ठूलो साथ पाउने अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मईँनाम साँस्कृतिक परिषद्ले हामीलाई सम्मान गरेर जुन हौसला बढाएको छ, यसको हामी आभारी छौं । आगामी दिनमा हाम्रो कला संस्कृति र समाज विकासमा मईँनाम साँस्कृतिक परिषद्को ठूलो महत्व र भूमिका रहनेछ ।’ जनप्रतिनिधिले समाजका हरेक समुदायको सेवा दिन कुनै कन्जुस्याइँ नगर्ने उहाँले बताउनुभयो । 

जयप्रसाद पुनको संचालनमा भएको कार्यक्रममा मईँनाम साँस्कृतिक परिषद्का अध्यक्ष कर्मसही घर्ती मगरको अध्यक्षता रहेको थियो । साथै वडाध्यक्ष कामीले वडा कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update