Kakhara सबैको खबर सम्पूर्ण खबर
निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट ५ सय १० जनाले सेवा लिए
शिविरमा सेवा लिन पुगेकाहरू ।

रुकुम पश्चिमको त्रिवेणी गाउपालिका वडा नम्बर १ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले त्रिवेणी ९ को हिमालय जनता माविमा आज शिविर संचालन गरेको हो । शिविरबाट ५ सय १० जनाले सेवा लिएका छन् । जसमा २ सय ९१ जना महिला र २ सय १९ जना पुरुषले सेवा लिएको आयुर्वेद स्वास्थ्य सेवा रुकुम पश्चिमले जनाएको छ । 
 
दम, खोकी, ज्वरो, बालरोग, हाडजोनी दुख्ने, कमर दुख्ने, अमलपित्त, ग्यास्ट्रिक, खान नपच्ने, कब्जियत, पाइल्स, फिस्टुला, फिसर, मुत्र विकार, मधुमेह, छाला रोग, महिलाको तल्लो पेट दुख्ने र सेतो पानी बग्ने लगायतका स्वास्थ्य समस्याको निःशुल्क जाँच र औषधि विरतण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन प्रकाश गिरीले जानकारी दिनुभयो ।

नागरिकहरुलाई निःशुल्क रुपमा आयुर्वेदिक स्वास्थ्य सेवा दिने र आयुर्वेद उपचारका बारेमा नागरिकहरुका माझमा प्रचार गर्ने उदे्श्यले आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका विभिन्न ठाउँमा शिविर संचालन गर्दै आईरहेको छ । जसअनुसार आज त्रिवेणी ९ मा शिविर संचालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख शंकर साह रौनियारले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update