गिलवाङमा सडक अवरुद्ध
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ गिलवाङमा सडक अवरुद्ध भएको छ । सोलावाङ–धाउने–वालुवा सडकखण्ड अन्तरगत गिलवाङमा सडक अवरुद्ध भएको हो । बुधबार रातीकाे अविरल वर्षाले सडकमा पहिरो खसेको छ । कैलदेउ हुदै माथिल्लो छिङ जाने सडक खन्दा झरेको माटो तल्लो सडकमा पुगेको छ ।
सोलावाङ–धाउने–वालुवा सडकखण्ड अवरुद्ध हुदा विहानै देखि जिल्ला सदरमुकाम खंलगा आउने र खंलगाबाट विभिन्न ठाउँमा जाने सवारी साधन रोकिएका छन् । गिलवाङको धेरै ठाउँमा माथिबाट पानीले वगाएर ल्याएको माटो थुर्पिएकाले सडक खुल्ने सम्भावना नभएको गाडि चालक सरद केसीले जानकारी दिनुभयो ।
सडक खुलाउनको लागि मुसीकोट नगरपालिकाको डोजर मुग्लुखोलाबाट जान लागेको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । आजै सडक खुलाएर गाडी सुचारु हुने नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १०:४४
प्रतिक्रिया दिनुहोस्