Kakhara सबैको खबर सम्पूर्ण खबर
असार १५ भित्र अन्तिम भुक्तानी लिइसक्न त्रिवेणी गाउँपालिकाको अनुरोध
अन्तिम भुक्तानीका लागि त्रिवेणी गाउँपालिकाले जारी गरेको सूचना

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमको भुत्तानीको लागि  असार १५  गते भित्र कागजात सहित गाउँपालिकाको कार्यालयमा  सम्पर्क गर्न अनुरोध गरेको छ । गाउँपालिकाले असार १ गते  सूचना जारी गदै असार १५  गते भित्र कागजात सहित गाउँपालिकाको कार्यालयमा  आउन भनेको हो ।

गाउँपालिकाको विनियोजित बजेट तथा कार्यक्रमबाट पालिका भित्रका विभिन्न वडाहरुमा सञ्चालन भईरहेका विकास निर्माणका योजना तथा कार्यक्रमहरुको अन्तिम भुत्तानी लिनको लागि त्रिवेणी गाउँपालिकाले अनुरोध गरेको हो । असार १५ गते भित्र प्रकिया पुरा गरी आवश्यक  कागजात पेश नभएको खण्डमा कार्यालयबाट भुत्तानी गर्न नसकिने प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती र लेखा शाखा प्रमुख डम्बरबहादुर सुनारले निकालेको सूचनामा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update