Kakhara सबैको खबर सम्पूर्ण खबर
चाैरजहारीले स्वीकृत नभएका सूचना, विज्ञापन प्रकाशन/प्रशारणको भुक्तानी नदिने
चौरजहारी नगरपालिकाले जारी गरेको सूचना

चौरजहारी नगरपालिका रुकुम पश्चिमले विना स्वीकृत केहि सञ्चार माध्यमहरुले नगरपालिका कार्यालयको नाम उल्लेख गरी सूचना विज्ञापन प्रशारण गरेको पाइएकाे जनाएको छ । बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै विभिन्न मितिमा आवश्यकता र औचित्य विनाका सूचना, सन्देश, विज्ञापन प्रकाशन/प्रशारण गरे वाफतको रकम कार्यालयमा माग गरेको बताएको छ । 

कार्यालयको विना स्वीकृती सूचना, सन्देश, विज्ञापन प्रकाशन/प्रसारण नगर्न नगरपालिकाले अनुरोध गरेको छ । सूचना, सन्देश, विज्ञापन प्रकाशन प्रशारण गर्नुपरेमा कार्यालयबाट अधिकार प्राप्त अधिकारीको स्वीकृती वा कार्यादेश लिएर मात्र सूचना, सन्देश, विज्ञापन प्रकाशन प्रशारण गर्न भनिएको छ ।

पूर्व स्वीकृती, कार्यादेश र सम्झौता विना माग गरिएका कुनै पनि सूचना, सन्देश, विज्ञापन प्रकाशन/प्रशारण गरे वाफतको रकम भुक्तानी नहुने चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुङगेलले निकालेको सूचना उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update