रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा पहिलो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । जेठ २९ गते देखि सन्चालन भएको खेलकुद प्रतियोगिता बुधबार सकिएको हो । वडा नम्बर २ को सिम्रुतुमा पहिलो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको आयोजना वडा खेलकुद विकास समिति त्रिवेणी २ ले गरेको थियो ।
पहिलो वडा अध्यक्ष कप अन्तरगत भिलबलमा रोल्पा सहित १९ समुहले सहभागी जनाएका थिय । जसमा १८ समुहलाई पछि पार्दै परिवर्तन गाउँपालिका रोल्पाले प्रथम हुँदै ३० हजार सहित कप प्रमाणपत्र हात पार्दा त्रिवेणी गाउँपालिका वडा नम्बर ५ ले दोस्रो हुँदै २० हजार सहित कप प्रमाणपत्र हात पारेको छ ।
त्यस्तै तेस्रो स्थान प्राप्त गरेको आयोजक ए, त्रिवेणी २ ले १० हजार सहित कप र प्रमाणपत्रमा चित्त बुझाएको छ । त्यस्तै एकल नृत्यमा प्रान्ता केसी प्रथम, दोस्रो अरुना सेर्पाली र तेस्रो डिला मल्ल हुनुभएको छ । प्रथमले ३ हजार, दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार नगद रकम सहित प्रमाणपत्र प्राप्त गरेका छन।
त्यस्तै भाले तान्ने प्रतियोगितामा बिजेता दिनेश बुढाथोकीलले २ हजार सहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । हाजिर जवाफ र लोक दोहोरी प्रतियोगिता कार्यक्रम गर्ने भनिएपनि समय अभावका कारण सन्चालन गर्न नसकिएको वडा खेलकुद विकास समितिका अध्यक्ष मिलन विक्रम पुनले जानकारी दिनुभयो ।