रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ ले सडकमा भएका सामग्री हटाउन अनुरोध गरेको छ । सडक क्षेत्रभित्र ढुगां, गिट्टि, वालुवा तथा अन्य सडक ओगट्ने गरी राखिएका सामानहरु हटाउन वडाले अनुरोध गरेको हो । सडक छेउछाउमा राखिएका सामानहरुले नाला बन्द गराएको, सवारी साधन आवातजावतमा समस्या भएको भन्ने जनगुनासो आएपछि वडाले यस्तो निर्णयर्य गरेको वडा अध्यक्ष सुन्दर ओलीले बताउनुभयो ।
सडकले ओगटेको क्षेत्रभित्र बाट ढुगां निकालिरहेको भन्ने सूचना आएकाले सडक क्षेत्रभित्रका ढुगां ननिकाल्न र सडक छेउछाउमा भएका सामान हटाउन अनुरोध गरेको उहाँले बताउनुभयो । कोर्वाङखोला देखि वडा कार्यालयसम्म असार २ गते देखि ५ गतेसम्म सडक क्षेत्रभित्रका सामान हटान भनिएको छ ।
त्यस्तै वडा कार्यालय देखि दहभागे हुदैँ कालापोखरा सम्म र माथि गाउँ हुदैँ बल्ले, कालापोखरा सम्म असार २ गते देखि ७ गते सम्म सडक क्षेत्रभित्र रहेका सामान हटाउन भनिएको छ । अन्यथा सार्वजनिक कानुन वमोजिम कारवाही हुने वडा अध्यक्ष ओलीले निकालेको सूचनामा उल्लेख गएिको छ ।