Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा स्वास्थ्य सम्बन्धि २१ समस्या मध्ये ५ वटा समस्या प्राथमिकतामा परे
बैठकमा सहभागिहरु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा आर्थिक २०७९÷८० को स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमा पूर्व तयारी  बैठक सम्पन्न भएको छ । बैठकमा स्वास्थ्य क्षेत्र सम्बन्धि समस्याको छलफल भएको थियो । छलफलका क्रममा पहिचान भएका स्वास्थ्य सम्बन्धि २१ वटा समस्या मध्ये ५ वटा समस्याको भोटिङका आधारमा प्राथमिकता परेको गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले बताउनुभयो ।


अध्यक्ष केसीका अनुसार पालिकामा पहिलो प्राथमिकतामा अत्यावश्यक औषधि आपूर्ति तथा व्यवस्थापनमा अभाव भएकाले  यसको समस्या समाधानको लागि औषधि खरिदको योजना बनाई आवस्यक बजेटको व्यवस्था गर्ने साथै समयमै खरिद वितरण गर्ने निर्णय गरेको छ । पहिलो प्रथमिकताको जिम्मेवारी पुरा गर्न गाउँपालिका स्वास्थ्य शाखाले लिने छ ।  दोस्रो प्राथमिकतामा प्रभावकारी अनुगमन तथा सुपरिवेक्षण नहुनु परेको छ ।

 यसको समस्याको समाधानको लागि अनुगमन मुल्यांकन निर्देशिका अनुुसार नियमित अनुगमन गरी कार्यान्वयन गर्ने र कार्य योजना निर्माण गर्र्ने निर्णय भएको छ । यसको जिम्मेवारी पुरा गर्न पालिका स्वास्थ्य समितिलाई दिएको छ । त्यस्तै तेस्रो प्राथमिकता प्रसुति सेवा प्रभावकारी बनाउन सा्रेत साधन र तालीमको अभाव परेको छ । यसको समस्या समाधानको लागि अत्यावश्यक सामाग्री उपकरण औषधिको व्यवस्था गर्ने निर्णय भएको छ ।


 यसको जिम्मेवारी पुरा गर्न प्रदेश, गाउँपालिका र साझेदार संस्थाले गर्ने छ ।चौथो प्राथमिकता नियमित वैकल्पिक विद्युतको व्यवस्थापन नहुनु परेको छ । यसको समस्या समाधानको लागि विद्युत जडान गर्ने,मर्मत कोष व्यवस्थापन गर्ने र इन्भटर व्यवस्थापन गर्ने निर्णय भएको छ । अन्तिम पाँचौ प्राथमिकता सबै स्वास्थ्य संस्थाहरुमा न्युनतम प्रयोगशालाको व्यवस्थापन नभएको परेको छ । यसको समस्याको समाधानको लागि क्रमिक रुपमा ल्याव विस्तार गर्दै लैजाने निर्णय भएको छ ।


 चौथो प्राथमिकता र पाँचौ प्राथमिकताको समस्या हल गर्न गाउँपालिकाले नै जिम्मेवार लिएको र अन्य स्वास्थ्य सम्बन्धि समस्याहरुको समाधानको लागि  पालिको निति तथा कार्यक्रममा समावेश गरी बजेट विनियोजन गर्ने अध्यक्ष केसीले बताउनुभयो । स्वास्थ्य सम्बन्धिको बैठकमा कार्यपालिकाका सवै सदस्यहरु स्वास्थ्य संस्थाका प्रमुखहरु लगाएत पत्रकारहरुको पनि उपस्थित रहेको थियो ।
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update