Kakhara सबैको खबर सम्पूर्ण खबर
महेन्द्र माविमा 'नमूना विद्यालय'को काम धमाधम

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १३ मा रहेको महेन्द्र माध्यामिक विद्यालयमा नमूना विद्यालयको काम सुरु भएको छ । नेपाल सरकारबाट नमूना मावि छनौटमा परेको विद्यालयले नमूना अन्तर्गतका काम सुरु गरेको हो । आर्थिक वषृ २०७७÷०७८ मो महेन्द्र मावि नमूना माविका लागि छनौट भएको थियो ।

नमूना विद्यालय अन्तर्गत भौतिक, शैक्षिक र व्यवस्थापकीय काम हुने प्रधानाध्यापक झलक पुनले जानकारी दिनुभयो । प्रअ पुनका अनुसार हाल भौतिकतर्फका काम सुरु भएका छन् । १२ कोठे विद्यालय भवन निर्माणको काम सुरु भएको प्रअ पुनले जानकारी दिनुभयो । 

५ वर्ष सम्म चल्ने यो नमूना कार्यक्रम अन्तर्गत यस विद्यालयमा १२ र ६ गरी १८ कोठाका २ विद्यालय भवन, ३४ कोठाको छात्राबास निर्माण हुनेछ । खेलमैदान, घेराबार, मन्दिर र प्रतिक्षालय निर्माणको काम पनि यसै बजेट अन्तर्गत गरिने छ । नमूना विद्यालय अन्तर्गत विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अंग्रेजी माध्यममा पठन पाठनको लागि शिक्षक व्यवस्थपन पनि परेको छ ।

प्रअ र स्टाफ कक्षको व्यवस्थापन, विद्यालय व्यवस्थापन समितिको कक्ष व्यवस्थापन, उत्कृष्ठ छात्रछात्रा तथा शिक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ । चमेना गृह निर्माण, स्कूल बस लगायतका कार्यक्रम पनि छन् । विद्यालयले नमूना मावि निर्माणका लागि १७ करोड ५० लाख रुपैयाँको डिपिआर बनाएको प्रअ पुनले जानकारी दिनुभयो । हाल विद्यालयमा १ हजार १ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले स्मार्ट बोर्डमार्फत पठन पाठन गराइरहेको छ । तीन वर्षे बाली विज्ञान लगायतका प्राविधिक धारको पठन पाठन पनि यहाँ हुने गर्दछ । 
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update